Thursday, December 15, 2016

लेखा व्यवस्था (Book Keeping)


यदि तपाईँ आन्तरिक राजस्व कार्यालय अन्तर्गत दर्ता भई कुनै व्यापार व्यवसाय गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ भने तपाईँले  देहायका सूचना,कागजात तथा विवरणहरूको अभिलेख अनिवार्य रुपमा राख्नु पर्नेछ अन्यथा  सम्बन्धित कर कार्यालय वा कर अधिकृले आवश्यक कानुनी कारवाही गर्न सक्नेछ त्यसकारण भविष्यमा आईपर्ने अनावश्यक दण्ड जरिवाना तथा कानुनी कारवाहिबाट बच्नको लागी देहायका सूचना,कागजात तथा विवरणहरूको अभिलेख अनिवार्य रुपमा राख्नुहोस ।

१. व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख ।
२. आफूले जारी गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू ।
३. आफूले प्राप्त गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू ।
४. आफूले गरेको आयात र निर्यातसंग सम्बन्धित सम्पूर्ण कागजातहरू ।
५. आफूले खरीद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने सम्पूर्ण डेविट                       तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरू ।
६. कर कार्यालयबाट प्रमाण्ीत भएका  खरीद बिक्री तथा
     मू.अ.कर लेखा खाताहरू ।

खरिद विक्री खाता सम्बन्धि जानकारी ः
खरीद तथा बिक्री खाताहरू आर्थिक वर्ष समाप्त भएको मितिले २५ दिन भित्र अर्थात साउन २ ५ गते भित्र अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका कर अधिकृतको दस्तखत गराई प्रमाणित गराउनु पर्दछ ।
यदि खाता प्रमाणित नगरि प्रयोग गरेमा ऐनको दफा २९(१) बमोजिम दश हजार ?पैया जरिवाना हुन्छ । प्रमाणित गरिएको खाता ६ वर्ष सम्म सुरक्षित राख्नु पर्दछ । आ.व. को सुरूमा प्रमाणित गरेको खाता आ.व. समाप्त नहुँदै सकिएमा प्रमाणित गरेको खाता समाप्त हुनासाथ थप (नयाँ) खाता प्रमाणित गर्न निवेदन दिनु पर्दछ ।
यदि गत वर्ष प्रमाणित गरेको खातामा यस आ.व. लाई पुग्ने जति पानाहरू बाँकी छन् ानाहरू बाँकी छन भने खाता पुनः प्रमाणित गर्नु पर्दैन ।

यदि तपाईँ आफ्नो कारोवारको लेखा कम्प्युटरमा राख्न चाहनुहुन्छ भने तपाईंले प्रयोग गर्न चाहेको सफ्टवेयरको विस्तृत विवरण सहित कार्यालयमा निवेदन दिनुपर्दछ । कार्यालयबाट स्वीकृती प्राप्त गरेर मात्रलेखा कम्प्युटरमा राख्न पाईन्छ । सफ्टवेयरमा ऐनले तोकेको ढाँचामा खरिद खाता,बिक्री खाता राख्ने र कर बीजक जारी गर्ने व्यवस्था हुनु पर्दछ । एकपटक जारी भईसकेको बीजक मेट्न नमिल्ने हुनु पर्दछ । संशोधन गर्नु पर्ने भएमा डेबिट नोट वा क्रेडिट नोटका माध्यमले मात्र संशोधन गर्ने व्यवस्था हुनु पर्दछ ।

तलब ज्याला जस्ता खरिद बील नहुने खर्च बाहेक बीजक प्राप्त ह ुने सबै प्रकारका खरिद सम्बन्धी भुक्तानीहरूलाई खरिद खातामा प्रविष्ट गर्नु पर्दछ ।

खरिद फिर्ता बिक्री फिर्तालाई डेबिट नोट वा क्रेडिट नोट जारी गरी खरिद र बिक्री खातामा नै प्रविष्ट गर्नु पर्दछ ।
ढिलो गरी प्राप्त गत महिनाको प्रविष्ट गर्न बाकी खरिद,बिक्री बिजक छ भने जुन महिनामा बीजक प्राप्त हुन्छ, सोही महिनामा प्रविष्ट गर्नुपर्दछ ।

कर अधिकृतले निरिक्षण गरेको समयमा खरिद, बिक्री बिजक खातामा प्रविष्ट नगरेको पाइएमा ऐन बमोजिम कर अधिकृतले ?.१०००० जरिवाना गर्न सक्दछ ।

कर विजक सम्बन्धि थप जानकारीका लागी यहाँ थिच्नुहोस ।






Tuesday, December 13, 2016

कर बीजक (भ्याट/पान विल)


सामान्य अर्थमा कर बीजक भनेको दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले जारी गर्ने कर देखिने बील हो ।बिजकले दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले गरेको कर योग्य कारोबारलाई प्रमाणित गर्दछ र तिनको कर दायित्व गणना गर्न सघाउ पनि पु¥याउंछ । बिजकको प्रथम प्रतिको शीर्ष भागमा कर बिजक उल्लेख गरी प्रापकलाई दिइन्छ । प्रत्येक बीजकमा न्युनतम तीन प्रति हुनुपर्छ । पहिलो प्रति जसमा कर बिजक उल्लेख हुन्छ खरीदकर्तालाई दिइन्छ । दोश्रो प्रति कर प्रशासनले मागेको बखत उपलब्ध गराउने गरी दर्ता भएको ब्यक्तिले अभिलेखमा राख्दछ । तेश्रो प्रति दर्ता भएको यक्तिले आफ्नो कारोबारको लेखांकनका लागि राख्दछ । यसै तेश्रो प्रतिको माध्यमबाट करदाताले आफ्नो बिक्रि खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ ।


अर्को अर्थमा आन्तरिक राजस्व कार्यालय अतर्गत दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले वस्तु तथा सेवा विक्री गर्ने क्रममा विजक जारि गर्नु पर्दछ  त्यसैलाई कर विजक भनिन्छ । मुल्य अभिवृद्वी कर अन्तर्गत दर्ता भएको भए १३ प्रतिसत कर देखिने गरि विजक जारी गर्नु पर्दछ भने आयकर अन्तर्गत दर्ता भएको भए संक्षिप्त कर बीजक जारी गर्न सकिन्छ ।

संक्षिप्त कर बीजक :
संक्षिप्त कर बीजक भनेको दर्ता भएको व्यक्तिले जारी गर्ने स्पष्ट रुपमा कर नदेखाइएको (मूल्यमा नै कर समावेश) भएको बील हो । बिजकको शीर्ष भागमा संक्षिप्त कर बिजक उल्लेख गरी प्रापकलाई दिइन्छ । प्रत्येक बीजकमा न्युनतम तीन प्रति हुनुपर्छ । पहिलो प्रति खरीदकर्तालाई दिइन्छ । दोश्रो प्रति कर कार्यालयले मागेको बखत उपलब्ध गराउने गरी दर्ता भएको ब्यक्तिले अभिलेखमा राख्दछ । यस्तै तेश्रो प्रतिको माध्यमबाट करदाताले आफ्नो बिक्रि खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ । यो बीजक करसहितको मूल्य रु.५ हजारभन्दा बढीको जारी गर्न मिल्दैन । कर विजक कर कार्यालयबाट प्रमाणित गराईरहनु आवश्यक छैन ।