Tuesday, December 13, 2016

कर बीजक (भ्याट/पान विल)


सामान्य अर्थमा कर बीजक भनेको दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले जारी गर्ने कर देखिने बील हो ।बिजकले दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले गरेको कर योग्य कारोबारलाई प्रमाणित गर्दछ र तिनको कर दायित्व गणना गर्न सघाउ पनि पु¥याउंछ । बिजकको प्रथम प्रतिको शीर्ष भागमा कर बिजक उल्लेख गरी प्रापकलाई दिइन्छ । प्रत्येक बीजकमा न्युनतम तीन प्रति हुनुपर्छ । पहिलो प्रति जसमा कर बिजक उल्लेख हुन्छ खरीदकर्तालाई दिइन्छ । दोश्रो प्रति कर प्रशासनले मागेको बखत उपलब्ध गराउने गरी दर्ता भएको ब्यक्तिले अभिलेखमा राख्दछ । तेश्रो प्रति दर्ता भएको यक्तिले आफ्नो कारोबारको लेखांकनका लागि राख्दछ । यसै तेश्रो प्रतिको माध्यमबाट करदाताले आफ्नो बिक्रि खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ ।


अर्को अर्थमा आन्तरिक राजस्व कार्यालय अतर्गत दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले वस्तु तथा सेवा विक्री गर्ने क्रममा विजक जारि गर्नु पर्दछ  त्यसैलाई कर विजक भनिन्छ । मुल्य अभिवृद्वी कर अन्तर्गत दर्ता भएको भए १३ प्रतिसत कर देखिने गरि विजक जारी गर्नु पर्दछ भने आयकर अन्तर्गत दर्ता भएको भए संक्षिप्त कर बीजक जारी गर्न सकिन्छ ।

संक्षिप्त कर बीजक :
संक्षिप्त कर बीजक भनेको दर्ता भएको व्यक्तिले जारी गर्ने स्पष्ट रुपमा कर नदेखाइएको (मूल्यमा नै कर समावेश) भएको बील हो । बिजकको शीर्ष भागमा संक्षिप्त कर बिजक उल्लेख गरी प्रापकलाई दिइन्छ । प्रत्येक बीजकमा न्युनतम तीन प्रति हुनुपर्छ । पहिलो प्रति खरीदकर्तालाई दिइन्छ । दोश्रो प्रति कर कार्यालयले मागेको बखत उपलब्ध गराउने गरी दर्ता भएको ब्यक्तिले अभिलेखमा राख्दछ । यस्तै तेश्रो प्रतिको माध्यमबाट करदाताले आफ्नो बिक्रि खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ । यो बीजक करसहितको मूल्य रु.५ हजारभन्दा बढीको जारी गर्न मिल्दैन । कर विजक कर कार्यालयबाट प्रमाणित गराईरहनु आवश्यक छैन ।

वस्तुको आपूर्तिको हकमा क्रेताले बिक्रेताको कारोवार स्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको समय वा वस्तुको प्रतिफल प्राप्त गरेको समय,जुन पहिला हुन्छ,सोही समयमा कर विजक जारि गर्नु पर्दछ भने सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखत वा सेवा को प्रतिफल प्राप्त गरेको समय,जुन पहिला हुन्छ,सोही समयमा विजक जारी गर्नु पर्दछ  ।

कर विजक सम्बन्धि महत्वपुर्ण जानकारिहरु :
कर विजक अन्तिम उपभोक्तालाई बिक्री गर्ने खुद्रा बिक्रेताले मात्र सम्बन्धित आ.रा.का.को स्वीकृती लिएर मात्र जारी गर्न पाउँछ ।

कर विजक ऐन नियममा तोकेकै ढाँचामा बीजक जारी गर्नु पर्दछ । तर ऐन नियममा तोकेका कुराका अतिरिक्त आफूलाई चाहिने सूचना समावेश गर्न मिल्छ ।
कर विजक सामान्यतया ३ प्रति तयार गर्नु पर्दछ । तर करदाताले आवश्यकता महसुस गरेको खण्डमा सम्बन्धित आ.रा.का.को स्वीकृती लिएर आवश्यकता अनुसार बढि पनि जारी गर्न सक्नेछ ।

कर विजक सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ र क्रमैसँग राख्नुपर्दछ । प्रत्येक आर्थिक वर्षको शुरुमा नयाँ सिरियलनम्बर कायम गर्नुपर्दछ। अर्थात एक आर्थिक वर्ष समाप्त भई अर्को आ.ब. शुरु हुँदा पुरानो सि.नं. जति पुगेको भएपनि बीजकको सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ ।

यदि धेरै शाखा छन् भने प्रत्येक शाखाका लागि छुट छुट्टै सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ र क्रमैसँग राख्नुपर्दछ । प्रत्येक वर्षको शुरुमा नयाँ सिरियल नम्बर कायम गर्नुपर्दछ । अर्थात एक आर्थिक वर्ष समाप्त भई अर्को आ.ब. शुरु हुँदा पुरानो सि.नं. जति पुगेको भएपनि बीजकको सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ ।
यदि एउटै दर्ता नम्वरमा विभिन्न फरक फरक कारोवार रहेका छन र कारोबार स्पष्ट छुट्टिने छ भने प्रत्येक छुट छुट्टै कारोबारका लागि सिरियल नम्बर १ बाट शुरु गर्न सक्नुहुन्छ ।

यदि तपाइँ कम्प्युटरबाट बीजक जारी गर्न चाहनुहुन्छ भने  तपाईंले प्रयोग गर्न चाहेको सफ्टवेयरको विस्तृत विवरण सहित कार्यालयमा निवेदन दिनुपर्दछ । कार्यालयबाट स्वीकृती प्राप्त गरेर मात्र कम्प्युटरबाट बीजक जारी गर्न पाईन्छ । सफ्टवेयरमा ऐनले तोकेको ढाँचामा कर बीजक जारी गर्ने व्यवस्था हुनु पर्दछ । एकपटक जारी भईसकेको बीजक मेट्न नमिल्ने हुनु पर्दछ । संशोधन गर्नु पर्ने भएमा डेबिट नोट वा क्रेडिट नोटका माध्यमले मात्र संशोधन गर्ने व्यवस्था हुनु पर्दछ ।

कम्प्युटरबाट संक्षित कर बीजक जारी गर्ने स्वीकृती लिएको छ भने तपाई विजक जारि गर्न सक्नुहुन्छ । तर संक्षित कर बीजक जारी गर्न स्वीकृत प्राप्त व्यक्तिले निम्न कार्यहरु  गर्नु पर्दछ
ड्ड सक्कल बिजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने,
ड्ड टिलरोलको प्रतिलिपि राखी कारोबार गरिएकोमा प्रत्येक दिन सोको जोड गरी राख्नु पर्ने,
ड्ड प्रत्येक कारोबारको कर समेतको मूल्यको अभिलेख राख्ने ।

संक्षिप्त कर बीजकमा कर सहितको मूल्य राखिएको हुन्छ, यस अवस्थामा कारोवार मूल्य र कर रकम संक्षिप्त कर बिजकबाट करको कूल अंक बिजक मूल्यलाई कर भिन्नले गुणन गरी निकालिन्छ ।

कर भिन्न =करको दर÷( करको दर + १००)

डेबिट नोट/क्रेडिट नोट :
आपूर्ति गरएिको बस्तु फिर्ता हुन आएमा वा अन्य जुनसुकै कारणले विक्रि पश्चात आपूर्ति मूल्यमा समायोजन गर्नुपर्ने परिस्थिति उत्पन्न भएमा जारी गरिने नोटलाई डेविट वा क्रेडिट नोट भनिन्छ व्रmेडिट वा डेविट नोट जारी गर्नु परेमा त्यस्तो नोटमा स्पष्टसंग क्रेडिट वा डेविट नोट लेखी देहायका कुराहरू खुलाउनु पर्नेछः–
(क) क्रमागत संख्या,
(ख) जारी भएको मिति,
(ग) आपूर्तिकर्ताको नाम, ठेगाना र दर्ता नम्बर,
(घ) प्रापकको नाम, ठेगाना र निज दर्ता भएको व्यक्ति भएमा दर्ता नम्बर,
(ङ) कारोबारसंग सम्बन्धित कर बिजकको संख्या र मिति,
(च) वस्तु वा सेवाको विवरण र क्रेडिट वा डेविटको कारण,
(छ) क्रेडिट वा डेविट भएको रकम,
(ज) क्रेडिट वा डेविट भएको करको रकम

यदि बिभिन्न ठाउमा शाखाहरू छन्, भने एउटा शाखाबाट अर्को शाखामा सामान पठाउँदा  बिजक जारी नगरिकन स्टक ट््रान्सफर चलान प्रयोग गर्नुपर्दछ । तर स्टक ट््रान्सफर चलान जारी गरी सामान पठाउनु पूर्व नै नजिकको आन्तरिक राजस्व कार्यालयमा सो को एक प्रति दर्ता गराउनु पर्दछ ।
दर्तावाल व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा क्रेता लाई बिजक नदिएमा प्रत्येक पटक पाँच हजार रुपैयाँजरिवाना लगाइने व्यवस्था रहेको छ ।

रु. ५००० भन्दा बढीको संक्षिप्त कर बीजक जारी गरियो भने ऐन उल्लंघन गरेको कसूरमा कर अधिकृतले रु. १०००० जरिवाना गर्न सक्दछ ।

यदि सामान बिक्री गर्दा विदेशी मुद्राम ारकम प्राप्त भयो भने कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा त्यसको प्रतिफल वापत परिवत्र्य विदेशी मुद्रा भुक्तानी लिई कर विजक दिंदा कारोबार भएको दिनको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर बमोजिम उक्त विदेशी मुद्रा बराबर हुने नेपाली ?पैयाँको रकम कर विजकमा उल्लेख गरी बिजक दिनु पर्नेछ ।

यदि दर्ता नभएको व्यक्तिले कर असुल गरेको कुनै कर बिजक जारी गरेमा वा कर संकलन गरेमा वा कर संकलन गरेको कुनै कागजात जारी गरेमा त्यसरी उठाएको कर निर्धारण गरी निजबाट असुल गरिने र उठाएको रकमको शत प्रतिशत जरिवाना लगाइने व्यवस्था रहेको छ ।

यदि दैनिक रुपमा बिभिन्न गाडीहरूबाट बिभिन्न ठाउमा खुद्रा बिक्री गर्न सामान पठाउदा प्रत्येक गाडीका लागि छुट्टाछुट्टै स्टक ट््रान्सफर चलान बनाई सो सम्बन्धी खातामा प्रविष्ट गरेरमाल सँगै लिएर हिडँ्नुपर्छ र सामान बिक्री भएपछि बिजक जारी गर्नु पर्दछ । बिभिन्न ठाउमा खुद्रा बिक्री गर्न  सामान पठाउदा वा आफ्नो एउटा शाखा वा गोदामबाट अर्को शाखा वा गोदाममा सामान पठाउँदा स्टक ट््रान्सफर चलान प्रयोग गर्न सकिन्छ ।

No comments:

Post a Comment